२६ वैशाख, काठमाडौं । आउँदो स्थानिय २०७९ वैशाख ३० मा हुने निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर १ बाट नेकपा एमालेबाट मकुन्द गजुरेल उमेद्वार चयन हुनुभएको छ । उहाँले समाजमा पिछडिएर रहेका वर्गहरुको हकहितका लागि पहल गर्ने प्रतिवद्धता सहित उमेद्वारी दिनुभएको हो। शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, खेलकुद, पर्यटन प्रवद्र्धन र सुशासनको क्षेत्रमा काम गर्ने गजुरेलले प्रतिज्ञापत्रमा उल्लेख गर्नुभएको छ । यस्तै गजुरेलले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

मुकुन्द गजुरेल एक कुशल नेता हुनुहुन्छ । उहाँले समाजका हरेक क्षेत्रमा परिवर्तन गर्नका निम्ति विभिन्न बिकासका गतिविधिका कार्यहरु गर्दै आउनुभएको छ । उहाँ पछिल्लो पटक पनि स्थानीय निवाचनमा सहभागी भै निर्वाचित भैसक्नुभएको हो । स्थानिय तह निर्बाचन २०७४ मा मकुन्द गजुरेल लगायतका सम्पूर्ण टिमलाई बिजय गराई आफ्नै मातृभूमिको सेवा गर्ने अवसरमा उहाँले आफुले जाने बुझे सम्म इमान्दार प्रयास गरी सडक निर्माण, एकघर एकधारा , शहिदपार्क, कागेश्वरी धाम निर्माण, सिढी निर्माण, सामुदायिक बिध्यालयको लागि बस खरिद, युवा लक्षित गरी फुटसल निर्माण, रामजानकी मन्दिरको पुर्बाधार निर्माण, सडक पुल निर्माण पानी घट्ट निर्माण, सुबेडी गाउमा पार्क निर्माण लगाएतका महत्वपूर्ण पु्र्बाधार निर्माण गरी बिकासको महसुस हुनगरी कार्यक्रम गरेको बताउनुभयो । दिगो बिकासको अबधारणा अनुसारको कामहरु गर्दै अगाढी बढ़ेको कुरा उहाँले बताउनुभयो ।

अझै धेरै काम गर्न सकिन्छ भन्ने बिश्वासका साथ कागेश्वरी मनोहरा वडा नं १ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।
बिगतका समय पुर्बाधार निर्माण मै बढ़ी समय दिएर बढेको अब आगामी दिनमा पनि अधुरा योजना सम्पन्न गर्द सामाजिक परिचालन, लघु उध्यम संचालन , ब्यबसायिक कृषि र पशुपालन माध्यमबाट रोज़गार सृजना गर्दै सडक सुन्दरता सडक हरियाली , चोंक चोकमा सिसिटिभी जडान युबा लक्षित खेलकुद , साहसिक पर्यटन , होमस्टे संचालन अड्डापाटीको बसपार्क निर्माण कार्य अगाढी बढाउने र ठुलाढिकमा निर्माणा शुरु हुन लागेको करिब १५ करोडको आधुनिक कृषि बजार लगायतका पुर्बाधारहरु र अधुरा योजना सम्पन्न गर्न उहाँले उम्मेदवारी दिएको बताउनुभयो ।