बैशाख ३०, काठमाडौँ । काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका-१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका-७ को भुमेश्वोर मावि केन्द्र र तेमाल-९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो ।