जेठ ७,काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १ सय ३३ मतले अग्रता बनाउनु भएकाे छ ।

अहिलेसम्म ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत पाउनु भएकाे छ । मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाउनु भएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ९ हजार ५ सय ५२ मत पाउनु भएकाे छ । 

यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मत पाउनु भएकाे छ भने उहाँका प्रतिस्पर्धी उम्मेदवार हिमला गुरुङले १७ हजार ३ सय २५ मत पाउनु भएकाे छ ।