जेठ ७,काठमाडौं । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले सात हजार १५१ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो ।

उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत तथा नेकपा (एमाले)का टङ्कबहादुर बमले चार हजार २४१ मत पाउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया छ हजार ५२६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का जयप्रकाश दहितले चार हजार ५४८ मत प्राप्त गर्नुभयो ।