जेठ ८,काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत केशव अर्यालले बताउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याउनुभएको छ ।

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गर्नुभएको हो ।