काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी प्रचारप्रसार समितिको संयोजकमा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी प्रचारप्रसार लगायतका गतिविधिलाई सफलतापूर्वक संचालन गर्न श्रेष्ठलाई संयोजक तोकेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पार्टीको तर्फबाट गरिने चुनावी प्रचारप्रसार लगायतका गतिविधिलाई सफलतापूर्वक सञ्चालन गर्न श्रेष्ठलाई चुनावी प्रचारप्रसार समितिको संयोजक बनाइएको  पार्टीका महामन्त्री डाक्टर मुकुल ढकालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।  केन्द्रीय सदस्य समेत रहेका नेता श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने बताएका छन् ।