धरान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङबीच भेटवार्ता भएको छ । शुक्रवार साङपाङलाई भेट्न लामिछाने उपमहानगर कार्यालयमा पुगेका हुन् । रविले मेयर साङपाङको तारिफ गरेका थिए । ‘मान्छे अलिकति पिरो हो,हर्क साङ्पाङ हिरो हो’ रविले भने । उनीहरूबिच आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको विषयमा समेत छलफल भएको थियो । मेयर साङपाङले चितवन २ बाट रविले जित दर्ता गर्ने बताएका छन् । चुनावमा जिते पनि नजिते पनि श्रमदानको लागि धरान आउने लामिछानेले सुनाएका थिए । त्यसको जवाफमा मेयर साङपाङले रविले चुनाव जित्ने बताएका हुन् । करिब आधा घण्टाको बसाइमा मेयर साम्पाङले मंसिर ४ मा जस्ले जिते पनि राम्रो मान्छेले जित्नु पर्ने बताएका छन् ।
