काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीवार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित भएर छलफल भएको हो । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्री दाहालले बताउनु भयो ।
उहाँले काँग्रेससँगको पुरानो गठबन्धन ब्यँुताउने विषयलगायतका कुनैपनि विषयमा फाईनल नभएको प्रतिक्रिया दिनुभयो ।
यता, अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलीसम्ममा टुंगोमा पुगिने बताउनु भयो । उहाँले आफूहरु देशको हीत हुने विकल्पमा जाने पनि बताउनु भयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रश्ताव गरेपछि राजनीतिक भेटवार्तालाई सो पार्टीले पनि तिब्रता दिएको छ । यता, प्रधानमन्त्री दाहाल भने काँग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिनुभएको छ । राष्ट्रिय सहमतिका लागि पनि काँग्रेसलाई समेट्नुपर्ने भन्दै उहाँले काँग्रेस नेताहरुलाई राष्ट्रपति दिने वचन दिनुभएको बताइएको छ । यता, एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्री दाहालले निरन्तरता दिनुभएको छ ।