काठमाडौं । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ ।
बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।
गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक गर्ने भएका छन्।