राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताउनुभएको छ ।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भएपनि कार्यकारी राष्ट्रपतिको रुपमा प्रयोग गर्न खोजिएको बताउनुभएको हो । उहाँले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताउनु भयो । दलहरुले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरुको पनि दौडधुप बढेको उहाँले बताउनु भयो । शक्ति राष्ट्रहरुको बढ्दो आवत्–जावत्ले राजनीतिक पार्टीहरुको स्तर पनि गुमाएको उहाँले बताउनु भयो ।