काठमाडाैं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास ब्यक्त गरेका छन ।

आठ दलीय गठबन्धन नरहेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिवाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पुर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्ने विश्वास समेत ब्यक्त गरेका छन् । 

‘हाम्रो उम्मेदवार दाउ पेचको होइन, पुस १० गते नै टुंगो लागिसकेको हो, हामीले बाहिर नल्याएका मात्रै हौं,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘सहमति पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं, वचनबाट कोही पनि पछि हट्न सक्दैन, ।’

 ८ दलीय गठबन्धन नै नबनेको जनाउँदै ओलीले हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दललाई मात्र बाेलाइएको टिप्पणी गरेका छन । ‘प्रचण्डजीले समर्थन कसरी भन्नुभयो ? कँही बिग्रिएको छैन, त्यो २५ गते थाहा पाउनुहुन्छ’ उनले संक्षिप्तमा भने ।