काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दुई महिनामा दोस्रोपटक पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् ।
झापामा रहेका पूर्वराजासँग हालै भएको भेटबारे उनले सामाजिक सञ्जालमार्फत आज जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिएकाे आराेप लगाएका छन ।
‘उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए। भिषण युद्धमा पनि आत्म समर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालिन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।’ मिश्रले लेखेका छन ।







