धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्‍यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने भएको छ।

७ सांसद रहेको नागरिक उन्‍मुक्तिले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएपनि आज विश्वासको मत दिने निर्णय गरेको हो।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन्।

प्रदेश सभामा एमालेका १० सांसद छन्।