काठमाडौं । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भइरहेको बताएका छन् ।
भ्रष्टाचार मुद्दामा साढे ९ वर्ष कैद तथा ४ करोड ९६ लाख जरिवानासहित विगो तिराउन अदालतले फैसला सुनाएपछि मंगलबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र अदालतबाट त्यसैअनुसारको फैसला भएको बताएका छन् ।
समाज कल्याण परिषद्अन्तर्गतको भृकुटी मण्डप कार्यालयले व्यवस्थापन गर्दै आएको जग्गा भाडामा लगाउने कार्यक्रमा उनले भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।







