काठमाडौं । नेपाली कांंग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गर्न पार्टीका निकायलाई निर्देशन दिएको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट चितवन क्षेत्र नम्बर–२ सहित अरू क्षेत्रमा हुने उपनिर्वाचनका लागि उमेदवार सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको हो ।