काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालले समानुपातिक सांसदबारे छलफल गर्नका लागि बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालय, बालकुमारीमा आज बिहान ११ बजे बस्ने बैठकले यसबारे छलफल गरी निर्णय लिनेछ।
समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।
सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।







