काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।