काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे छ ।

भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ ।