काठमाडौँ । नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेकाे हाे ।
आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।
राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ ।