काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।

एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।