काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गर्नुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गर्नुभएको हो । उहाँले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउनु भयो ।

उहाँले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने बताउनु भयो । उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।