काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो व्यंग्य गर्नुभएको हो । उहाँले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताउनु भयो । उहाँले हाइड्रोजन गाडी दिँदैदिँदै प्रधानमन्त्री थोत्रको गाडीमा फर्किएको उहाँको तर्क थियो ।

अध्यक्ष लिङदेनले राप्रपाले विश्वासको मत नदिने पनि बताउनु भयो ।