काठमाडौं । नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताउनुभएको हो । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उहाँले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिपोर्टिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराउनु भयो । त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो ।
उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताउनु भयो । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिपोर्टिङको कामलाई अघि बढाउनुपर्ने उहाँको तर्क थियो ।







