काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्।
दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिए। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।
ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ।