काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध आफ्ना उम्मेदवार खडा गर्ने प्रष्ट पारेका छन् ।

उपेन्द्र यादवप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत बताएका छन् ।

राउतले भनेका छन्, ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन । यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै वीजयी हुनेछ ।’

बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।