काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ।

चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।