काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाेभेटवार्तामा सरकार विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।