काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।