कैलाली । नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले आफू पार्टी भित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढने कुरामा अडिग रहेको बताउनु भएको छ ।
कुनै पार्टी र त्यसका नेताहरुले राष्ट्र र जनताको हित विपरित काम गरे आफूले एमालेमै रहेर त्यस्ता गतिविधि रोक्नका लागि कदम चाल्ने उहाँको भनाई थियो । तर पार्टी भित्रबाट आफूलाई निषेध गर्ने प्रयास भईरहेको भन्दै नेता रावलले गुनासो समेत गर्नु भयो ।
पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेलले अर्को पार्टीमा गईसकेका माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गर्न मिल्ने, काँग्रेसको गठबन्धनमा रहेका पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन हुने उल्लेख गर्दै उहाँले आफूले भने कुनै पनि नेतालाई भेटन नहुने भन्ने कुरा सैह्य हुनै नसक्ने बताउनु भयो । मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले ५० वर्ष रगत, पसिना बगाएर आफैले बनाएको पार्टी छाडने नसकिने पनि बताउनु भयो ।
नेता रावलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालै आफ्नो गृह जिल्ला अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाउनु भएको भन्दै आपत्ति समेत जनाउनु भयो । आफूले पार्टीको विधि र निर्णय मान्दा पनि नेताहरुले अनावश्यक रुपमा आरोप लगाउने गरेको उहाँले गुनासो समेत गर्नु भयो ।
ता रावलले जनताको बहुदलीय जनवादले मार्ग निर्देश गरे अनुसार आफूले पार्टी भित्र अध्यक्षका लागि दिइएको उम्मेदवारीलाई पार्टी अध्यक्ष केपी ओली विरुद्ध गयो भनेर पार्टी भित्रैबाट कूप्रचार गरिएको पनि पटकपटक दोहो¥याउनु भयो ।