काठमाडौं । नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आसन्न उपनिर्वाचनमा भट्टराईलाई उमेदवार बनाउने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

यस्तै कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।