काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ ।

पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।

भागबन्डामा ८ मन्त्रालय पाएको कांग्रेसबाट पहिलो चरणमा ४ जना मात्र मन्त्री बनेका छन् । आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ ।

पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् ।

कांग्रेसभित्र शेखर कोइराला समूह शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन् ।