काठमाडौं । सुदर्शन थापा अभिनित चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

आज न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै  प्रसाद २ को प्रदर्शन रोक्न माग गर्दै केशव पाण्डेले रिट निवेदन दिएका थिए ।

यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतकी प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।

सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।