काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘मलाई अलिकति समय दिनोस्–अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन–हामी विजयी हुनेछौ ।’

उनले भनेका छन्, ‘घरमा बुवा ‘डेन्टिस्ट’ कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, बिरामी छोरी छटपटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन । म चाँहि निरन्तर बटुवा झैँ संगठनको काममा कहिले यता त कहिले उता भौतारिँदैछु ।’ उनले सबै संघर्षलाई पार गर्ने विश्वास व्यक्त गरेका छन ।