बैसाख १० मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको चर्चा तनहुँ मा बढ्दो छ । स्वर्णिम वाग्लेको आगमनले स्थानिय बासि हर्षित देखिएकाछन् । जसरी चितवन बाट गत निर्वाचनमा रबि लामिछाने बिजयी भए पछि चितवनबाट परिवर्तनको सुरुवात भएको थियो यस्तै यस पटक परिवर्तनको झिल्को तनहुँ बाट सुरु हुने उम्मेदवार वाग्ले बताउछन् ।

बिधार्थि , व्यापारी , तथा आम सर्वसाधारण यस पटक नयाँ लाइ हेर्ने भन्दै स्वतफूर्त रुपमा आफै पार्टि सम्पर्क कार्यलय आउने गरेका छन् । तनहुँ क्षेत्र नं १ का बिभिन्न स्थानमा भएको घरदैलो कार्यक्रममा पनि स्थानिय बासिले सकारात्मक प्रतिकृया दिइरहेका छन् । देश बिदेशमा चर्चा पाएका स्वर्णिम वाग्ले आफ्नो क्षेत्रबाट जनप्रतिनिधि बन्नु खुसिको कुरा भएको स्थानियबासि को भनाइ छ ।

उम्मेदवार स्वर्णिम वाग्ले यतिबेला तनुहँ क्षेत्र नं का हरेक घरका हरेक व्यक्ति संग साक्षात्कर गर्दै अघि बढिरहेका छन् ।