सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ । 

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनु भयो । उहाँले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताउनु भयो । उहाँले एमालेसँगको एकताको सम्भावनाका बारेमा  नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताउनु भयो । 

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताउनुभएको छ । उहाँले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रकृया रहेको बताउनु भयो ।