काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध चिकित्सकहरुले आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
मंगलवार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन जनसकेको बताउनु भयो । उहाँले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । उहाँले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राज भन्दा माथि हो ? भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै प्रदर्शनकारी चन्दनकुमार गोइतले ¥यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताउनु भयो ।
त्यस्तै आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताउनु भयो । उहाँले प्रक्रियाअनुसार पढ्न मन रहेपनि नपाएको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भएपनि विद्यार्थीहरुका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताउनु भयो ।
उनीहरुले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन, मेरा साना दुःखले आज्र्या ¥यांक होइन, सबै प्रमाण छन् खिचेको, योग्यताक्रम मिचेको, योग्यताक्रम लागू गर्, देशको स्वास्थ्य नबिगारी देउ, चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ, न्याय माग्न कुन गोरखा जानु ? न्यायपालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ? नखाउँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकार लगायतका प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।








