काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको पार्टी मुस्लिम लिग (नवाज) ले पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे प्रतिक्रिया दिएको छ ।

पार्टीले इमरान खान हुनुपर्ने ठाउँमा नै पुगेको बताएको छ ।