काठमाडौं । सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सेनाको जनरल कमाण्डको क्षेत्रमा हिंस्रक झडप झडप भएको छ । 

आरएसएफले सुडानको राजधानी खार्तुमको दक्षिणमा रहेको आफ्नो बेसबाट सेनाको जनरल कमाण्डमा रहेको तोपखानामा आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मध्य खार्तुममा सेनाको जनरल कमाण्डको वरपर धुँवाको मुस्लो देएिको थियो । विगत १० दिन यता आरएसएफले पूर्वी र दक्षिणी खार्तुमबाट सेनाको जनरल कमाण्डमा मिसाइल आक्रमण गरिरहेको छ ।

त्यहाँका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरिएको छ । अप्रिल १५ यताको आक्रमणमा परी हालसम्म ३ हजार बढीको मृत्यु भइसकेको छ भने ६ हजार भन्दा बढी घाइते छन् ।