सिक्किमको दक्षिणी लोनाक तालमा बादल फुटेर ठूलो विनाश भएपछि मंगन जिल्लाको लाचेन नजिकैको शाको चो ताल (सिक्किम ग्लेशियर लेक) पनि फुट्ने खतरा बढेकाे छ।
सोही कारण ताल किनारको क्षेत्र खाली गरिन थालिएकाे छ । तालको किनारमा बसोबास गर्ने मानिसहरूलाई अन्यत्र सारिएकाे भारतिय संचारमाध्यमहरूले जनाएका छन ।
एक किलाेमिटर भन्दा लामाे शाको चो हिमताल थांगु गाउँको माथि रहेकाे छ। गाउँ यहाँबाट १२ किलोमिटर मात्रै टाढा रहेकाे बताइएकाे छ। तालमा बढ्दो पानीलाई ध्यानमा राख्दै गान्तोक जिल्लाको सिङ्ताम, मङ्गन जिल्लाको डिक्चु र पाक्योङ जिल्लाको राङ्पो आईबीएम क्षेत्रको सम्पूर्ण गोलितार क्षेत्र खाली गराएको छ।
गान्तोक जिल्ला मजिस्ट्रेट ठुषारे निखारेले स्याटेलाइट डाटाले साको चु माथिको हिमनदीको तापक्रममा असामान्य वृद्धि भएको देखाएको बताए। तापक्रम स्थिर भएमा समस्या नहुने उनले बताए ।
तुषार निखारेले सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराइएको जानकारी दिएका छन ।
मंगलबारको आएको बाढीमा हालसम्म ६ जना सेनाका जवानसहित १९ जनाको ज्यान गएको छ । हालसम्म १६ सैनिकसहित १०० जनाको केही बपत्ता भएका छन । बेपत्ताहरुको खोजी र उद्धार कार्य भइरहेको छ ।








