काठमाडौं । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा गत शुक्रवार पानी जहाज दुर्घटना हुँदा मृतकको संख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले मंगलवार यसबारेमा जानकारी गराउनुभएको हो । कंगो नदीमा गत शुक्तवार भएको पानी जहाज दुर्घटनामा परी अझै एक जना बेपत्ता भएको बताइएको छ । जहाज ओभरलोडका कारणले दुर्घटना भएको मन्त्रीले बताउनु भयो । 


प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले गत आईतवारको वक्तव्यमा भने २८ जनाको शव फेला परेको र २६१ जना बेपत्ता भएको बताउनुभएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।