इजरायल र गाजा बीच अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धमा दुबै तर्फबाट हजारौंको ज्यान गएको छ भने लाखौं त्रसित रहेका छन ।
अब डर यति हदसम्म बढेको छ कि एक इजरायली एन्करले लाइभ टिभीमा बन्दुक लिएर आएकी छन् । एक महिला एन्कर पिस्तोल सहित लाइभ टिभीमा देखिएकी छन् । अहिले एन्करको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
इजरायली प्रसारक च्यानल १४ मा समाचार एङ्करको रूपमा काम गर्ने लिटल शेमेशले लाइभ टिभीमा बन्दुक लिएर कार्यक्रम संचालन गरिन। भाइरल भइरहेको तस्विरमा एंकर कम्मरमा बन्दुक लिएर डेस्कमा बसेको देख्न सकिन्छ ।
इजरायलमा बढ्दो सुरक्षा चिन्तालाई ध्यानमा राख्दै, धेरै महिलाहरूले हातहतियार लिएर काम गर्न थालेका छन । शेमेशको भर्खरको सामाजिक सञ्जाल पोस्टहरूले पनि उसलाई बन्दुकको दायरामा गोली चलाउने अभ्यास गरेको देखाएको छ।
टिभी एन्कर शेमेशले युद्धको मोर्चेका साथसाथै आफ्नो सैनिकको वर्दीमा रिपोर्टिङ गरिरहेको धेरै तस्विरहरू साझा गरेकी छन्।
לכו תתחמשו. pic.twitter.com/xWRTDho425
— ליטל שמש – Lital Shemesh (@Litalsun) December 28, 2023








