काठमाडौं — हालै सार्वजनिक गरिएको गीत ‘बकवास माया’ ले युट्युबमा छोटो समयमा नै १ मिलियन भ्यूज पार गर्दै ठूलो लोकप्रियता हासिल गरेको छ। गीतले दर्शक–श्रोतालाई गहिरो रूपमा छोएको भन्दै कमेन्ट सेक्सनमा दर्शकले अत्यधिक सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
भावनात्मक प्रेम–विछोडको कथामा आधारित यस गीतमा किरण भुजेलको सुमधुर आवाज र उनीकै सङ्गीत रहेको छ। शब्द सम्राट चौलागाईं को हो , भने एरेन्ज, मिक्स र मास्टरिङ दिनेश न्यौपाने ले सम्हालेका छन्।
भिडिओतर्फ, सुनील खनाल, मलाइका बस्नेत र अजय चौधरी को दमदार अभिनयले कथालाई अझै जीवन्त बनाएको दर्शकले उल्लेख गरेका छन्। धेरैले “भावनाले रुवायो”, “दिल छुने गीत”, “रिप्ले गर्न मन लाग्ने” जस्ता सकारात्मक कमेन्ट दिएका छन्।
भिडिओको छायांकन विशाल थापा र टिम ले उत्कृष्ट रूपमा सम्पन्न गरेका छन्। सम्पादन र कलर ग्रेडिङ दिन्सन शाह ले गरेका हुन्। गीतदेखि भिडियोसम्म सबै पक्षलाई जोड्ने निर्देशन गायक किरण भुजेल ले नै सम्हालेका छन्, जसले सम्पूर्ण प्रस्तुति भावनात्मक रूपमा बलियो रूपमा प्रस्तुत भएको छ।










