काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन्।

सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा राजधानीमा आइतबार सहभागी भएका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई त्यो आरोप लगाएका हुन्।

 ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को’ ओलीले भने, ‘हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ । यद्धपि मैले पुष्पकमल दाहाललाई नचिनेकाे हाेइन, तर मैले सुनिरहे, उहाँले मलाइ छकाइरहनु भाे, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भने ।