काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक साेमबार ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासल बस्ने भएकाे छ ।
परराष्ट्रमन्त्री बिमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
आजकाे बैठकमा सरकारबाट बाहिरिने वा सरकारमा केही समय बस्ने भन्ने विषयमा छलफल हुने बताइएकाे छ ।







