नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
विगतमा मानवताबिरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको महासचिव पोखरेलको तर्क छ । २४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतमा अवलम्वन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परेपनि उहाँले त्यसलाई धान्न नसकेको बताउनु भयो ।







