काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२, तनहुँ–१ मा उमेदवारी दिने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।







