काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक मंगलबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयसहित सरकार विस्तारबारे छलफल हुने बुझिएको छ ।







