भक्तपुर । उच्च आई. भी. एफ. सफलता दरका साथ नि:सन्तान सम्बन्धि सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आई. भी. एफ. ले नयाँ वर्षको अवसर पार्दै भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
एक विधिवत कार्यक्रम गर्दै नयाँ वर्षबाट संचालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने विश्वास कार्याकारी निर्देशक प्रशान्त सुवेदीले लिएका छन् ।
विभिन्न वर्गबाट सामाजिक संजाल मार्फत् निरन्तर रुपमा नि:सन्तान दम्पतिका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दै उहाँले “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू. आई नि:शुल्क प्रदान गर्दैछौँ”, भन्नुभयो।
सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई. मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्छ।
यस शाखामार्फत् नि:सन्तान सम्बन्धि सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू. आई, गर्भावास्था बेलाको जाँच र परामर्श सेवाहरु प्राप्त गर्न सकिनेछ
परामर्श वा जाँचका लागि नाम टिपाउन ०१-५९७०६११ मा सम्पर्क गर्न सकिनेछ ।








