काठमाण्डौ । सुनको भाउ आज बुधबार घटेको छ।
तोलामा एक हजार एक सय रुपैयाँले घटेर आज तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनकाे भाउ हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








