काठमान्डौ – धेरै समयपछि लोकप्रिय गायक सुगम पोखरेल पुनः आफ्ना श्रोता र दर्शकको मनमा स्थान बनाउन आएका छन्। उनको नयाँ प्रेम गीत “अँध्यारो रातमा” हालै सार्वजनिक भएको छ, जसले सुगमको पुरानो मधुर शैलीलाई नयाँ स्वरूपमा पुनः उजागर गरेको छ।
गीतका शब्द, संगीत र र्याप अनुप महर्जनले तयार पारेका हुन्। गीतमा एरेञ्ज र गिटार सुरज मालीले सम्हालेका छन् भने मिक्स र मास्टरिङ साजन शाहले गरेका छन्। यसले गीतलाई आधुनिक स्पर्शसहित उत्कृष्ट ध्वनि गुणस्तर प्रदान गरेको छ।
संगीत भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको अभिनय देख्न सकिन्छ। उनीहरूद्वारा प्रस्तुत प्रेमको भावना र सुगमको आवाजले गीतलाई अझ भावनात्मक र आकर्षक बनाएको छ।
अकाल आवाजमा सजिएको सुगम पोखरेलका प्रायः गीतहरू लोकप्रिय हुने गरेका छन्, र “अँध्यारो रातमा” पनि त्यसैको निरन्तरता हो।
YouTube मा आएको दर्शक र श्रोतालाई हेर्दा सबैले यस गीत र भिडियोको प्रशंसा गरेका छन्। धेरै कमेन्टहरूमा सुगमको आवाज, भिडियोको प्रस्तुति र र्यापमा प्रयोग भएका शब्दहरू पनि अत्यन्त सभ्य र अर्थपूर्ण भएको उल्लेख गरिएको छ।
त्यस्तै, TikTok मा पनि यस गीतका छोटा क्लिपहरू तीव्र रूपमा फैलिँदै छन्, जसले यसको लोकप्रियता अझ बढाइरहेको छ।
छिट्टै यो गीत पनि दर्शक र श्रोता माझ अत्यन्त लोकप्रिय हुनेमा कुनै शंका छैन।









